News
इण्डियन सुपर लिगमा पञ्जाबलाई पहिलो अंक

काठमाडौं । इण्डियन सुपर लिग (आइएसएल) को डेब्यु सिजन खेलिरहेको किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब फुटबल क्लबले लगातार दुई हारपछि तेस्रो खेलमा पहिलो अंक जोड्न सफल भएको छ ।
जवाहरलाल नेहरु स्टेडियममा भएको लिगको आफ्नो तेस्रो खेलमा पञ्जाबले नर्थ इष्ट युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको पहिलो हाफतर्फ अतिरिक्त समयमा पार्थिव गोगोईको गोलबाट नर्थ ईष्टले खेलमा अग्रता बनाए तापनि दोस्रो हाफको ६३औं मिनटमा मेलरोए मेल्विनले पञ्जाबका लागि बराबरी गोल फर्काएका थिए ।
खेलमा पञ्जाबका लागि किरनले भने खेलेका थिएनन् । उनी वैकल्पिक खेलाडीका रुपमा मैदान बाहिर नै रहेका थिए ।
यो नतिजापछि ३ खेलबाट १ अंक जोडेको पञ्जाब लिगतालिक ाको १०औं स्थानमा छ । उता नर्थ ईष्ट भने ४ अंकका साथ तेस्रो स्थानमा छ ।
Post Comments