काठमाडौं । मंगोलियामा जारी एएफसी फुटसल एसियन कप छनौटतर्फ लगातार दोस्रो हार बेहोर्दै नेपाल आफ्नो समूह चरणबाटै बाहिरिएको छ ।
छनौट प्रतियोगिता अन्तरगत समूह डी मा रहेको नेपालले सोमबार आफ्नो दोस्रो खेलमा भियतनामसँग ५–० ले पराजित हुन पुग्यो । स्मरणीय छ, नेपालले आफ्नो पहिलो खेलमा दक्षिण कोरियासँग ५–१ को हार बेहोरेको थियो ।
लगातार दोस्रो हार बेहोरेपछि नेपाल एक खेल खेल्नु अघि नै समुह चरणबाट बाहिरिएको हो । सोमबार नै भएको समूह डी तर्फको अर्को खेलमा दक्षिण कोरियाले आयोजक मंगोलियालाई ६–१ ले हरायो ।
आफ्नो पहिलो खेलमा पनि भियतनामसँग समान ६–१ ले पराजित मंगोलिया पनि समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा अक्टुबर ११ तारीख बुधबारका दिन प्रतिष्ठाको भिडन्तका रुपमा नेपाल र आयोजक मंगोलिया भिड्ने छन् ।
त्यस्तै सोही दिन दक्षिण कोरिया र भियतनाम पनि आमने सामने हुनेछन् । लगातार दुई जितसँगै फाइनल चरणमा स्थान बनाउन सफल दक्षिण कोरिया र भियतनाबीचको खेलको नतिजाले समूह डी को समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
(Pic: Mongolia FA)
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट