News नेपाल आईपुगिन साबित्रा
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी इजरायलबाट नेपाल फर्किएकी छिन् ।

इजरायलको शिर्ष महिला लिगमा हापोएल रा’नानाबाट व्यवसायीक फुटबल खेलिरहेकी साबित्रा यहाँ विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएपछि त्यहाँ सरकारी पक्षको रोहवरमा सुरक्षित स्थानमा बसिरहेकी थिईन् ।

यद्यपि साबित्रालाई नेपाल फर्काउने प्रयास भने जारी रहेको थियो र अन्ततः उनी स्वदेश फर्किन भईन् । साबित्रालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायत अन्य पदाधिकारीहरुले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

सकुशल स्वदेश फर्किन पाएकोमा साबित्राले खुशी व्यक्त गरिन् । साथै उनले सबैलाई धन्यवाद र आभार समेत प्रकट गरिन् ।

Post Comments