News महोत्तरीमा दोस्रो वडा कप हुँदै
गोलनेपाल

बर्दिबास । बर्दिबास युनाईटेड फुटबल क्लव र बर्दिबास न.पा ३ को संयुक्त आयोजनमा यही असोज २५ गतेदेखि दोश्रो वडा कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता आयोजनाले बर्दिबास नगर कै उत्कृष्ट फुटबल टोली तयार पार्न पनि सहयोग पुग्ने आयोजक क्लबका अध्यक्ष बिनोद खड्काले बताए । स्थानीय खेलाडीहरुले अवसर पाउँदा त्यसले नगर र जिल्लाकै टिम बनाउन पनि थप सहज हुने अध्यक्ष खड्काको बुझाई थियो ।

कुल १३ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने आउँदो कार्तिक ४ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

Post Comments