News विजयी शुरुवातका साथ बराहक्षेत्र–११ सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा सोमबारदेखि शुरु वाइवाइ तेस्रो बराहक्षेत्र गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगितामा बराहक्षेत्र–११ ले विजयी शुरुवात गरेको छ ।

बराहक्षेत्र–६, चक्रभट्टी स्थित महेन्द्र माविको खेलमैदानमा भएको उद्घाटन खेलमा बराहक्षेत्र–११ ले बक्लौरी फुटबल क्लब, सुनसरीलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । बराहक्षेत्र–११ को जितमा आकाश राईले दुई गोल गरे भने दिनेश राईले थप एक गोल गरे । पराजित बक्लौरीका लागि दुवै गोल आशिष चापागाईंले गरे ।

खेलमा बराहक्षेत्र–११ का दिनेश राई म्यान अफ द म्याच घोषित भए । यो जितसँगै बराहक्षेत्र–११ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज ३० गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल बि.एस.के. क्लब, भारत र शान्तिनगर फुटबल क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

आउँदो कार्तिक ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments