News सहज जितका साथ सहलेश सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । सहज जितका साथ सहलेश युवा क्लब, सिराहा यहाँ जारी छैठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ युके एफसी, दार्जिलिङ, भारतलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै सहलेशले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बेलबारी–११, लक्ष्मीमार्ग स्थित श्री लक्ष्मी माविको खेलमैदानमा भएको खेलमा सहलेशका लागि फोफोनाले दुई गोल गरे भने हरी कार्की र फैजलले थप एक–एक गोलको योगदान दिए ।

खेलमा सहलेशका फोफोना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज ३० गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल रारा फुटबल क्लब, धनकुटा र ब्रिगेड ब्वाईज क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने कातिृक ४ गतेका दिन हुनेछ ।

Post Comments