News आर्मीलाई स्तब्ध पार्दै आयोजक फाइनलमा
गोलनेपाल

इलाम । दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जारी छैटौं माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ ।

बिहीबार ठूलो टुंडिखेल मैदानमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले आयोजक माइ भ्याली फुटबल क्लबसँग पेनाल्टी शुटआउटमा ५–४ ले स्तब्ध बन्न पुग्यो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको ३४औं मिनटमा करन राईले बक्स भित्र आर्मीको गोलरक्षकलाई बिट गर्दै शुरुवाती गोल गरेका थिए ।

यद्यपि माइ भ्यालीले त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता आर्मीका लागि ४०औं मिनटमा बक्स बाहिरबाट सन्तोष तामाङले दायाँ कुना च्याप्दै फ्रिकिकबाट सुन्दर रुपमा बराबरी गोल फर्काएका थिए ।

अब माइ भ्यालीले उपाधिका लागि फागुन २४ गते मच्छिन्द्र एफसीको सामना गर्नेछ । माइ भ्याली फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments