News साइप्रसः दोस्रो दशैं–तिहार कप फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । साइप्रसमा रहेका प्रवासी नेपालीहरुबीच यही अक्टुबर २९ तारीखका दिन दशैं–तिहार कप फुटसल प्रतियोगिता हुने भएको छ । एसएम इभेन्टस, इन्टरटेनमेन्ट एण्ड ट्रावल सोलुसन्सको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको छ ।

निकोसिया स्थित स्त्रोवोलोस स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको यही अक्टुबर २७ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १५५ युरो तोकिएको पनि आयोजकले जनाएको छ । त्यस्तै २८ अक्टुबरका दिन खेलतालिका प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १००० युरो हात पार्नेछ भने उपविजेताले ५०० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक सुवास मल्लले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक मल्लले बताए ।

 

Post Comments