News तेस्रो कुपा कपः आठ टोलीहरुको जित
गोलनेपाल

निलकण्ठ । यहाँ जारी तेस्रो कुपा कप खुला नकआउट फुटबल प्रतियोगितामा कुल आठ टोलीहरुले जित हात पार्दै अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् ।

निलकण्ठ–१४, धुवाकोट, धादिङ स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा लालीगुराँस युवा क्लबले शैलुङ स्पोर्टस क्लबलाई टाईब्रेकरमा हराउँदै दोस्रो चरणमा प्रवेश गर्यो ।

दोस्रो खेलमा सुनपाती खेलकुदले चिलुन बथान युवा क्लबलाई २–० ले हरायो भने तेस्रो खेलमा महाकाली युवा क्लबले थान्सिङ्ग युवा क्लबलाई २–१ ले निराश तुल्यायो ।

चौथो खेलमा न्यु स्टार क्लबले केबिवाइसी (ए) माथि ६–१ को फराकिलो जित दर्ता गर्दा पाँचौं खेलमा शैलुङ मेहनती क्लबले प्रगतिशिल समुदायलाई ४–० ले पराजित गर्यो ।

छैठौं खेलमा निगुरे युवा सोसाइटी (ए) ले सालमे युवा क्लबलाई ३–० ले पराजित गर्दा सातौं खेलमा निगुरे युवा समाज (बी) ले केवाइसीलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यस्तै अन्तिम खेलमा शैलुङ शेखर स्पोर्टस (बी) ले पिएफसीलाई ३–० ले पराजित गर्यो ।

कुपा युवा समाज, निलकण्ठ–१४, कुपा, धादिङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०,५०० हात पार्नेछ भने उपविजेताले ३०,५०० प्राप्त गर्नेछ ।

Post Comments