News २२औं राजाबास च्यालेञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बराहक्षेत्र । राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबासको आयोजनामा यही कार्तिक १३ गतेदेखि शुरु हुन गईरहेको २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

राजाबास स्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार कार्तिक १३ गते हुने उद्घाटन खेलमा प्रकाशपुर फुटबल क्लब र सप्तकोशी फुटबल क्लब भिड्ने छन् । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ को कार्यालयको प्रायोजन रहेको तथा बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।

Post Comments