News सेथुमा अन्जिला कै निरन्तरता
गोलनेपाल

काठमाडौं । इण्डियन वुमन्स लिग (आई लिग) को नयाँ सिजनमा पनि नेपालकी राष्ट्रिय गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले सेथु फुटबल क्लबबाटै खेल्ने तय भएको छ ।

स्मरण रहोस, अन्जिलाले गत सिजन पनि सेथु कै लागि आई लिग खेलेकी थिईन् । त्यतिबेला सेथुको कप्तानी समेत गरेकी अन्जिलाले टोलीलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।

सेथुले यसपटक पनि अन्जिलामाथि नै विश्वास देखाएको छ । क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत अन्जिलासँगको सम्झौता नवीकरण गरिएकोबारे पनि जानकारी गराएको छ ।

यसपटक इण्डियन वुमन्स लिगको नयाँ सिजन डिसेम्बर पहिलो सातादेखि शुरु हुने बताइएको छ । लिगको गत संस्करणको उपाधि नेपाल कै अर्की स्टार फरवार्ड साबित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले जितेको थियो ।

 

Post Comments