News नेपाल र युएईबीच हुने खेलको खेलस्थल टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत समूह एचमा रहेको नेपालले खेल्ने आफ्नो पहिलो खेलको खेलस्थलबारे टुंगो लागेको छ ।

नेपालले समूह चरणको आफ्नो पहिलो खेल अवे खेलका रुपमा युएईसँग उसकै घरेलु मैदानमा खेल्दैछ । जसका लागि दुबई स्थित अल मक्तुम स्टेडियमलाई खेलस्थलका रुपमा चयन गरिएको छ ।

नेपालले आउँदो १६ नोभेम्बरका अल मक्तुम स्टेडियममा युएईको सामना गर्नेछ । जुन खेल नेपाली समयअनुसार राती ९ः३० बजेदेखि शुरु हुने कार्यक्रम रहेको छ ।

व्यवसायीक रुपमा युएईको प्रो लिग क्लब अल नासेर एससीले प्रयोग गर्दै आईरहेको अल मक्तुम स्टेडियममा सन् २०१९ को एएफसी एसियन कपको कुल ६ खेलहरु आयोजना भएका थिए । जसमा नकआउट चरण र क्वाटरफाइनल खेलहरु पनि सामेल छन् ।

स्मरण रहोस, दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत नेपालको समूहमा युएई बाहेक बलियो बहराईन र यमन पनि सामेल रहेका छन् । नेपालले तीन खेलहरु होम र तीन खेलहरु अवे म्याचका रुपमा खेल्ने तय भईसकेको छ ।

Post Comments