News यु–२१ हेटौडा च्यालेञ्ज कपलाई घिमिरे परिवारको साथ
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । ‘राष्ट्रिय खेलाडी बन्ने होड, खेलाडी उत्पादनमा जोड’ भन्ने नाराका साथ आउँदो मंसिर ५ गतेदेखि शुरु हुन गईरहेको यु–२१ हेटौडा च्यालेञ्ज कपलाई प्रथम पुरस्कार वापतको रकम सहयोग प्राप्त भएको छ ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा हुन गईरहेको प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न स्व. सुदर्शन घिमिरेको स्मृतिमा शुष्मा घिमिरे र सपरिवारको तर्फबाट प्रथम पुरस्कार वापतको १,११,१११ रुपैयाँ आयोजक क्लबलाई हस्तान्तरण गरिएको हो ।

यो पुरस्कार प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप हुने आयोजक क्लबका कार्यक्रम संयोजक सुदिप सिंह ठकुरीले बताए । जिल्लामा रहेका युवा फुटबल खेलाडीहरुलाई अवसर प्रदान गर्न कै लागि यो प्रतियोगिता आयोजना गर्न गईरहेको आयोजकले जनाएको छ ।

साथै प्रथम पुरस्कार प्रायोजन गरि प्रतियोगिता सफलताका साथ सम्पन्न सहयोग गरेकोमा आयोजकले स्व.सुदुर्शन घिमिरेका परिवारलाई अग्रिम आभार र धन्यवाद समेत प्रकट गरेको छ । त्यस्त्ै प्रतियोगिताबारे विस्तृत रुपमा छिटै जानकारी गराईने पनि कार्यक्रम संयोजक ठकुरीले बताए ।

Post Comments