News चितवनको मुख्य प्रशिक्षकमा अर्को भारतीय प्रशिक्षक
गोलनेपाल

काठमाडौं । खालिद जमिलसँग सम्झौता रद्द गरेको २४ घण्टा बित्न नपाउँदै नेपाल सुपर लिग क्लब एफसी चितवनले अर्का भारतीय प्रशिक्षक मेहराजुद्दिन वादुलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको छ ।

एनएसएलको दोस्रो संस्करण शुरु नहुँदै चितवनले आइतबार मात्रै वक्तव्य जारी गर्दै यसअघि नियुक्त गरिएको भनिएका तत्कालिन मुख्य प्रशिक्षक खालिद जमिलसँग आपसी सहमतिमा सम्झौता रद्द गरिएको कुरा जानकारी गराएको थियो ।

चितवनले घोषणा गरेको नयाँ मुख्य प्रशिक्षक वादु पनि भारतका पूर्व अन्तर्राष्ट्रिय तथा व्यवसायीक खेलाडी समेत हुन् । खेलाडीका रुपमा मोहन बगान, ईष्ट बंगाल, पुने सिटी, मुम्बई सिटी, चेन्नईन जस्ता क्लबबाट खेलेका वादुले भारतका लागि सन् २००५ को साफ च्याम्पियनसिप पनि जितेका थिए ।

प्रशिक्षकका रुपमा भने उनले पुने, हैदराबाद, सुदेवा दिल्ली, रियल काश्मिर जस्ता क्लबहरुको प्रशिक्षकीय जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

Post Comments