काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३३ खेलाडीहरुलाई सामेल गरेका छन् ।
छनौट प्रतियोगिता अन्तरगत समूह एचमा रहेको नेपालले बलियो युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । जसअन्तरगत नेपालले आफ्नो पहिलो खेल १६ नोभेम्बर (कार्तिक ३० गते) का दिन दुबईमा युएईसँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्नेछ ।
त्यसपछि नोभेम्बर २१ तारीख (मंसिर ५ गते) का दिन नेपालले दोस्रो तथा पहिलो घरेलु म्याचका रुपमा यमनसँग दशरथ रंगशालामा खेल्ने कार्यक्रम छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः
गोलकिपर्सः किरन कुमार लिम्बु, दिप कार्की, अनिष देउला, अभिषेक बराल, सन्तोष महत
डिफेन्डर्सः बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, छिरिङ लामा, अमृत श्रेष्ठ, सिमान्त थापा, एरिक बिष्ट, योगेश गुरुङ
मिडफिल्डर्सः सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिष रत्न छुन्जु, सेसेहाङ आङदेम्बे, मनिष डाँगी, निसान हमाल
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन बिष्ट, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, आशिक बाबु चौधरी, राजेश परियार, सन्जिव बिष्ट
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान