News राजु तामाङको सेनामा पदोन्नती
गोलनेपाल

काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजु तामाङको नेपाली सेनामा पदोन्नती भएको छ । सेनामा आवद्ध रहेर नेपाली फुटबलका लागि निरन्तर सक्रिय रहेका तामाङको सुबेदार पदमा पदोन्नति भएको हो ।

तामाङलाई आर्मी मुख्यालयमा एक कार्यक्रमका नेपाली सेनाका मेजर जनरल सन्तोष कुमार ढकालले दज्र्यानी चिन्ह लगाईदिएका थिए । पदोन्नती भएपछि देश र क्लबका लागि अझै केही गर्न हौसला मिलेको तामाङले प्रतिक्रिया दिए ।

मिडफिल्डरको भूमिकामा लामो समय नेपालको राष्ट्रिय फुटबल टोली र त्रिभुवन आर्मी फुटबल क्लबमा महत्वपूर्ण सदस्यका रुपमा रहेर फुटबल खेलेका राजु तामाङले राम्रो उपलब्धी र सफलता पनि हात पारेका थिए । हाल उनी प्रशिक्षकका रुपमा फुटबल मै सक्रिय पनि छन् ।

Post Comments