News इलामको फिटनेस पार्टनरमा ट्यापआउट
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पहिलोपटक सहभागिता जनाउन गईरहेको स्र्पोटिङ इलाम डि मेची एफसीले विश्वस्तरीय अत्याधुनिक सुविधासम्पन्न ट्यापआउट फिटनेस सेन्टरलाई आफ्नो फिटनेस पार्टनरका रुपमा पाएको छ ।

इलाम र ट्यापआउट बीचको सहकार्यबारे दुवै पक्षबीच सम्झौता कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा स्र्पोटिङ इलामको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पियुष न्यौपाने र ट्यापआउटको तर्फबाट निर्देशक यलम्बर राई र संस्थापक महेन्द्र घलेले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरेका छन् ।

सम्झौता अनुसार ट्यापआउट फिटनेसले स्र्पोटिङ इलामका खेलाडीहरुलाई स्ट्रेन्थ एण्ड कन्डिसनिङ, रिकभरी र जिमसहितको विश्वस्तरीय फिटनेस सुविधा प्रदान गर्नेछ । ट्यापआउटसँगको सहकार्यले क्लबका खेलाडीहरुको क्षमता, प्रदर्शन बृद्धि, चोट रोकथाम र मैदानमा शतप्रतिशत दिन थप सहयोग पुग्ने विश्वास दुवै पक्षले गरेको छ ।

स्र्पोटिङ इलामसँग सहकार्य गर्दै फुटबलमा जोडिन पाउँदा आफूहरु खुशीसँगै उत्साहित रहेको ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेले प्रतिक्रिया दिए । उता सम्झौतापछि स्र्पोटिङ इलामका प्रमुख कार्यकारी अधिकृत पियुष न्यौपानेले ट्यापआउटसँगको सहकार्यले क्लब र खेलाडी दुवैको क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगका लागि अहिले स्र्पोटिङ इलाम डि मेची एफसी पनि व्यस्त छ । क्लबको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् भने मार्की खेलाडीमा राष्ट्रिय गोलरक्षक बिकेश कुथु रहेका छन् ।

 

Post Comments