News त्रिभुवन आर्मी सेमिफाइनलमा
गोलनेपाल

कोहलपुर । दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार कोहलपुर–२ स्थित तेह्र बिगाहा खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले भरतपुर फुटबल क्लब, चितवनलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा आर्मीका टंक बस्नेत म्यान अफ द म्याच घोषित भए । उनलाई रोयल नेपालगंज फुटबल क्लबका अध्यक्ष सुर्यमणि अधिकारी र समाजसेवी नेतृ अन्जना पाण्डेले संयुक्त रुपमा पुरस्कृत गरेका थिए । प्रतियोगिता अन्तरगत कार्तिक १९ गते आइतबारको चौथो क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र दुधौली स्पोर्टस क्लब, सिन्धुलीबीच हुने आयोजकले जानकारी दियो ।

रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २२ गतेका दिन हुनेछ ।

Post Comments