News फुङ्वा युवा क्लब फुएतप्पा र फाइभ स्टार आङसराङ पाँचथर क्वाटरफाइनलमा
रमेश समदर्शी

फाकफोमथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा जारी शुभ दीपावली फुटबल प्रतियोगितामा आइतबार भएको खेलबाट फुङ्वा युवा क्लब फुएतप्पा र फाइभ स्टार आङसराङ पाँचथर विजयीहुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा फुएतप्पाले स्पर्धी फाक्तेप युथ क्लब पाँचथरलाई २-१ गोलअन्तरले पराजित गरेको हो । फुएतप्पाका लागि सन्देश लिम्बूले खेलको ६ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २४औँ मिनेटमा आशिष लिम्बूले अग्रता दोब्बर बनाए । उनी म्यान अफ दी म्याच बने ।

फाक्तेपका लागि खेलको ३४औँ मिनेटमा विजय आङदेम्बेले एक गोल गरे पनि टिम खेलमा फर्कन सकेन । पाहुना टोली पहिलो चरणमै बाहिरियो । अर्को खेलमा महमाई एफसीमाथि फाइभ स्टार २-१ गोलअन्तरमा विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । फाइभ स्टारका लागि मदन लिम्बूले खेलको २७ र ४३औँ मिनेटमा गोल गरे । उनी म्यान अफ दी म्याच बने । स्पर्धी महमाईका लागि साइमन राईले मात्र एक गोल फर्काए ।

फाकफोकथुम ७ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments