News एभनिरलाई हराउँदै दुधौली सेमिफाइनलमा
गोलनेपाल

कोहलपुर । रोमाञ्चक जितका साथ दुधौली स्पोर्टस क्लब, सिन्धुली यहाँ जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

आइतबार भएको चौथो क्वाटरफाइनलतर्फ दुधौलीले एभनिर एफसी, क्यामरुनलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने दुधौलीले एभनिरलाई ७–६ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । खेलमा दुधौलीका गोलरक्षक लोकेश चौधरी म्यान अफ द म्याच घोषित भए । दुधौलीले कार्तिक २० गते सोमबार नै हुने दोस्रो सेमिफाइनलमा दावेदार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ ।

रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २२ गतेका दिन हुनेछ ।

Post Comments