News द ओल्ड क्यापिटल, महालक्ष्मी, द ओसन र लक्ष्मी सामुदायिकको जित
गोलनेपाल

दलभञ्ज्याङ । गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत जारी नवौं ओसन कप यु–१३ अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता अन्तरगत तेस्रो साताको खेलहरुतर्फ पाँच खेलहरु सम्पन्न भएका छन् ।

स्व. इमान बहादुर स्मृति खेलमैदानमा भएको पहिलो खेलमा द ओल्ड क्यापिटल माविले रत्न राज्य माविलाई ३–० ले हरायो । द ओल्ड क्यापिटलका लागि डायमण्ड गुरुङ, विपन गुरुङ र विश्वास श्रेष्ठले गोल गरे ।

दोस्रो खेलमा महालक्ष्मी माविले मोर्डन सेकेण्डरी इङलिस स्कुललाई शून्यका विरुद्ध १ गोलले हरायो । महालक्ष्मीको जितमा सन्दिप सिर्मलले एक मात्र निर्णायक गोल गरे ।

तेस्रो खेलमा आयोजक द ओसन क्लबले सरस्वती माविलाई ४–१ ले हरायो । द ओसनका लागि जिवन रिमाल एक्लैले चार गोल गरे । पराजित सरस्वतीका लागि निश्चल श्रेष्ठले एक मात्र सान्त्वना गोल फर्काए ।

चौथो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले रत्न लक्ष्मी माविलाई ४–० ले हरायो । लक्ष्मी सामुदायिकका लागि सुशिल रानाले ह्याट्रिक गरे भने थप एक गोल कसम थापाले गरे ।

पाँचौं खेलमा भने सुर्यमुखी बोर्डिङ स्कुल र नवज्योति माविले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

युथ फुटबललाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ जारी लिग प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ हजार हात पार्नेछ भने उपविजेताले ३ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै प्लेट फाइनल जित्ने टोलीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर प्रत्येक टोलीलाई म्याच मनीको पनि व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

Post Comments