News लामाचौर कप सुरु
उमेश पुन

पोखरा । एलसी ब्रदर्शन युनाइटेड, लामाचौर–१९, पोखराको आयोजनामा आइतबारदेखि लामाचौर कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

गोस्टेघाट फुटबल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस गण्डकी प्रदेशले छ्यामा हाउस रत्नचोकलाई ७–१ गोल अन्तरले पराजित गर्यो । नेपाल पुलिसका लागि आशिष थारु र दिपक गुरुङले दुई गोल गरे । त्यस्तै केशर बराम, शिशिर थारु र किरण गुरुङले समान एक–एक गोल गरे । उता छ्यामा हाउसका लागि टुटुन गुरुङले एक मात्र सान्त्वना गोल फर्काए ।

दोस्रो खेलमा बानिया ब्रदर्स लामाचौरले विष्णु पादुका हेम्जालाई रोमाञ्चक खेलमा ३–२ ले हरायो । बानिया ब्रदर्शका लागि प्रज्वल गुरुङ, मुकुन्द र अभिषेक रानाले गोल गरे । पराजित विष्णु पादुकाका लागि सञ्जोक केसी र सञ्जय केसीले गोल गरे तर टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments