News सितल ज्योति र आदर्श क्वाटरफाइनलमा
उमेश पुन

पोखरा । सितल ज्योति युथ क्लब र आदर्श युवा क्लब यहाँ जारी लामाचौर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गोस्तेघाट खेलमैदानमा भएको दिनको पहिलो खेलमा सितल ज्योतिले आयोजक एलसी ब्रदर्श युनाइटेडलाई ३–१ ले हरायो । सितल ज्योतिका लागि सन्दिप गुरुङ, सचिन गुरुङ र युनिक तामाङले गोल गरे । पराजित एलसी ब्रदर्शका लागि दिपक गोलेले एक मात्र गोल फर्काएका थिए ।

त्यस्तै सोही मैदानमा भएको दिनको दोस्रो खेलमा आदर्शले संगम क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । आदर्शको जितमा राजकुमार कुँवर, टायसन तामाङ र अन्जन मगरले गोल गरे ।

एलसी ब्रदर्श युनाइटेड, लामाचौर–१९, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने खेल संयोजक बिशाल नेपालीले बताए । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments