News धरान भेट्रान्स सेमिफाइनलमा
गोलनेपाल

कटारी । साँघुरो अन्तरको जितका साथ धरान भेट्रान्स फुटबल क्लब, सुनसरी यहाँ जारी प्रथम कटारी टाइगर भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कटारी स्थित टाईगर खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ धरानले लहान भेट्रान्स क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । धरानका लागि राज सुनुवारले एक मात्र निर्णायक गोल गरे ।

खेलमा धरानका सचिन राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक २१ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल दमक लखनपुर भेट्रान्स, झापा र सिमरा भेट्रान्सबीच हुने आयोजकले जानकारी दियो ।

कटारी टाईगर फुटबल क्लब, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यही कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments