
फुङलिङ । यहाँ जारी दोस्रो स्व. चन्द्र बहादुर नयोङहाङ स्मृति रनिङ कप फुटबल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । दुई सेमिफाइनलतर्फ सि.सा.स. खोक्लिङ र पाथीभरा युथ क्लबले आ–आफ्नो खेलमा जित हात पारेपछि प्रतियोगिताको फाइनल समिकरण पूरा भएको हो ।
पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा सि.सा.स. खोक्लिङले ताप्लेजुङ स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा विवेक गुरुङ म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा पाथीभरा युथ क्लबले संघर्ष स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्यो । खेलमा मिलन लिम्बु म्यान अफ द म्याच घोषित भए । फाइनल खेल सि.सा.स., खोक्लिङ र पाथीभरा युथ क्लबबीच मंगलबार हुँदैछ ।
कर्ण सिङ सेनाम क्लब, फुङलिङ, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू