News नेपाल र युएईबीच हुने खेलको अनलाईन टिकट बिक्री खुला
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत नेपाल र युएईबीच हुने खेलको टिकट बिक्री अनलाईनमार्फत खुला गरिएको छ ।

छनौट प्रतियोगिता अन्तर्गत समूह एचतर्फ नेपाल र युएईबीच यही नोभेम्बर १६ तारीखका लागि पहिलो खेल हुँदैछ । जुन खेल दुबई स्थित अल मक्तुम स्टेडियममा स्थानीय समयअनुसार ७ः४५ (नेपाली समय ९ः३०) बजेदेखि शुरु हुँनेछ ।

सोही खेलका लागि युएई एफएले सामान्य टिकटतर्फको मुल्य ४.२५ डलर तोकेको छ । जसको नेपाली मुल्य करि ५६५.८६ रुपैया हुन आउनेछ । त्यस्तै प्रिमियमतर्फ १४.१७ डलर तोकिएको छ । जसको नेपाली मुल्य १८८६.६३ रुपैयाँ हुन आउनेछ ।

अनलाईन टिकटका लागि दुबईडटप्लाटिनमलिस्ट.नेट मा गई टिकट खरिद गर्न सकिनेछ । स्मरण रहोस, समूह एचतर्फ नेपालले युएई बाहेक अर्को बलियो टोली बहराईन र यमनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

Post Comments