
रामपुर । शुभ दिपावलीको अवसर पारी ओल्ड ब्वाईज बिजयपुर भेट्रान्स क्लब, रामपुर–६, पाल्पाको आयोजनामा यही कार्तिक २६ गतेदेखि ओल्ड ब्वाईज बिजयपुर भेट्रान्स कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
रामपुर–६, पाल्पा स्थित बिजयपुर खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही कार्तिक २५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २००० तोकिएको छ ।
प्रतियोगितामा ३० वर्ष वा सो भन्दा माथि उमेरका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । साथै प्रतियोगितामा रामपुर र चापाकोट नगरपालिकाका टिमहरुले मात्र सहभागिता जनाउन पाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।