News फाकफोकथुममा फुङनाम र कोलबोटे क्वाटरफाइनलमा
रमेश समदर्शी

फाकफोमथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा जारी शुभ दीपावली फुटबल प्रतियोगितामा मगलबार भएको दुई खेलबाट कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा कोलबोटेले युथ युनाइटेड गोदकलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । उसका लागि खेलको १०औँ मिनेटमा सुकराज राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

म्यान अफ दी म्याच बनेका सन्तोष लिम्बूले खेलको ५२औँ मिनेटमा थप गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

प्रतियोगिताको अन्तिम प्रिक्वाटर फाइनल खेलमा फुङनाम स्पोर्टिङले डिएक्सएन पिताम्बरूलाई ३-० गोलको फराकिलो अन्तरमा पराजित गरेको हो । स्पष्ट जितका लागि फुङनामका देउचन राईले खेलको १२औँ र २०औँ मिनेटमा गोल गरे ।

यस्तै, सुरज राईले टोलीका लागि दोस्रो हाफको १०औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच देउचन राई भए । उनले नगद पुरस्कार पाए ।

फाकफोकथुम ६ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments