काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्न धनगढीका दुई चर्चित अफ्रिकी खेलाडी आफिज ओलावाले र फलौ डायग्ने नेपाल आइपुगेका छन् । यी दुवै खेलाडीलाई केही साता अघि मात्र धनगढीले अनुवन्ध गरेको कुरा घोषणा गरेको थियो ।
आफिजले नेपाल सुपर लिगको पहिलो संस्करण पनि धनगढी कै लागि खेलेका थिए भने सेनेगलिज स्टार फालोको यो पहिलो नेपाल बसाई हुनेछ । फ्रान्स, जर्मनी, टर्की र भारत हुँदै नेपालमा व्यवसायीक फुटबल खेल्न आइपुगेका स्टार डिफेन्डर फालो यस सिजन सुपर लिग खेल्ने हाई प्रोफाईल खेलाडी मध्ये एक समेत हुन् ।
धनगढीको मार्की खेलाडीमा यसपटक राष्ट्रिय फुटबल टोलीका युवा स्टार आशिष चौधरी रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा युगल किशोर राई रहेका छन् । क्लबमा देवेन्द्र तामाङ, कमल श्रेष्ठ जस्ता राष्ट्रिय टोलीमा सफलता हासिल गरिसकेका अनुभवी खेलाडीहरु पनि छन् ।
धनगढी नेपाल सुपर लिगको पहिलो संस्करणको उपविजेता टोली पनि हो । स्मरण रहोस, सुपर लिगको दोस्रो संस्करण यही आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै