News ब्लु बेल नैकाप गोल्डकपको फाइनलमा
गोलनेपाल

काठमाडौं । ब्लु बेल फुटबल क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नैकाप खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ ब्लु बेलले महादेव युथ क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

ब्लु बेलको जितमा अमित तामाङले पेनाल्टीबाट एक गोल गरेका थिए भने अर्को गोल सन्जोक महर्जनले गरेका थिए । खेलमा ब्लु बेलका राज शाही म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा हामी दाजुभाई फुटबल क्लब र मध्यपुर जागरुक युथ क्लब भिड्ने आयोजकले जानकारी दियो ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments