News रोहितको टोलीको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबल लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिग अन्तरगत आफ्नो १९औं खेलमा उत्कृष्ट जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा पेर्सिकले मदुरा युनाइटेडलाई शून्यका विरुद्ध ४ गोलले हरायो । पेर्सिकको जितमा फ्लावियो सिल्वाले ह्याट्रिक गरे भने थप एक गोल जिम केलीले गरेका थिए ।

खेलमा रोहितले टोलीको पहिलो रोजाई मै खेले तापनि खेलको अन्तिमतिर ८५औं मिनटमा मैदान बाहिरिएका थिए । रोहितको स्थानमा अहमद अगुङ्ग मैदानमा प्रवेश गरेका थिए ।

यो जितपछि १९ खेलबाट २६ अंक जोडेको पेर्सिक लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । पराजित मदुरा भने ३१ अंकका साथ चौथो स्थानमा छ । शिर्ष स्थानमा भने ३८ अंक जोडेको बोर्नियो रहेको छ ।

पेर्सिकले आफ्नो आगामी खेल नोभेम्बर २७ तारीखका दिन एरेमा एफसीसँग खेल्नेछ ।

Post Comments