News सुपर लिग खेल्न आएका दिनेश पक्राउ
गोलनेपाल

काठमाडौं । पछिल्लो समय अष्ट्रेलिया बस्दै आएका राष्ट्रिय खेलाडी दिनेश राजवंशी दोस्रो नेपाल सुपर लिग खेल्न नेपाल फर्किएको बेला पक्राउ परेका छन् । दरबार मार्गको प्रहरी वृत्तले दिनेशसहित अन्य तीन जनालाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरेको हो ।

साथै दिनेशसहित पक्राउ परेका अन्य तीन जनामाथि थप अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद लिइएको हो ।

स्मरण रहोस, आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिग खेल्न नेपाल फर्किएका दिनेश पोखरा थन्डर्सको आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भएका थिए ।

Post Comments