News एलजी एसोसिएसन र एन टु कफी सप फाइनलमा भिड्ने
उमेश पुन

पोखरा । एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा कार्तिक १९ गते देखि जारी फुटबल प्रतियोगितामा एलजी एसोसिएसनले शितल ज्योती युवा क्लबमाथी ४–१ गोल अन्तरको सहज जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको छ।

खेलको सुरुवात देखि नै शितल ज्योतीलाई दवावमा राखेको एलजीका लागी खेलको १२औं मिनेटमा रमेश थापा मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको २४ र २७ औं मिनेटमा आकाश थपलिया २ गोल गर्दै टिमलाई ३ गोलको अग्रता दिलाए।

पहिलो हाफमा ३ गोलले पछि परेको शितल ज्योतीका लागी दोस्रो हाफको ५९ औं मिनेटमा सन्दिप गुरुङले एक गोल फर्काएका थिए। एलजीका लागी चौंथो गोल खेलको ६७ औं मिनेटमा हेमन्त तामाङ गरे। एलजीका आकाश थपलिया म्यान अफ द म्याच घोषित भए ।

आजै सम्पन्न दोस्रो सेमिफाइनलमा एन टु कफि सपले आदर्श युवा क्लबलाईलाई ट्राइवेकरमा ५–३ गोल अन्तरले हराउदै उपाधि नजिक पुगेको हो । खेलमा एन टु कफि सपका गोलरक्षक मुमिन तामाङ म्यान अफ दी म्याच घोषित भए ।

कार्तिक २५ गते(भाेली) शनिबार दिउँसो १ बजे हुने फाइनलमा उपाधि विजेताले २ लाख र उपविजेता १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् ।
Post Comments