काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा अनुभवी डिफेन्डर अनन्त तामाङ चोटिल भएका छन् । चोट कै कारण मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिसले शुक्रबार घोषणा गरेको राष्ट्रिय फुटबल टोलीको २३ सदस्यीय फाइनल स्क्वाडमा अनन्त परेनन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अनन्तको घुँडामा चोट लागेको छ । र, अनन्तले युएई विरुद्ध यही नोभेम्बर १६ तारीख (कार्तिक ३० गते) हुने फिफा विश्वकप र एएफसी एसियन कप दोस्रो चरणको छनौटतर्फ पहिलो खेल गुमाउने भएका छन् ।
अनन्तको चोट कति जटिल भन्ने कुरा भने खुलाइएको छैन । साथै उनले युएई विरुद्धको खेल मात्रै गुमाउने हुन् कि अन्य खेलहरुमा पनि उपस्थिति जनाउन नसक्ने हुन, त्यसबारे पनि एन्फाले खुलाएको छैन ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले युएई बाहेक यमन र बहराईनसँग खेल्नेछ । युएई विरुद्धको खेलपछि नेपालले नोभेम्बर २१ तारीख (मंसिर ५ गते) का दिन हुने पहिलो घरेलु म्याचमा यमनको सामना गर्ने कार्यक्रम छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)