काठमाडौं । हालै मात्र सुनिश्चित भविष्यका लागि सबैलाई आश्चर्यमा पार्दै अष्ट्रेलिया प्रस्थान गरेका नेपालका स्टार फरवार्ड बिमल घर्ती मगर बहुप्रतिक्षित दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि स्वदेश फर्किएका छन् ।
बिमललाई एफसी चितवनले आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुवन्ध गरेको छ । साथै स्वदेश फर्किएका बिमलले चितनको स्क्वाडसँग अभ्यास पनि शुरु गरिसकेका छन् । बिमलको आगमनबारे क्लबले पनि आधिकारिक रुपमा तस्विरसहित जानकारी गराईसकेको छ ।
एफसी चितवनको मार्की खेलाडीमा अनुभवी गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा भने भारतका मेहराजुद्दिन वादु रहेका छन् । चितवनको स्क्वाडमा नवयुग श्रेष्ठ, अमृत श्रेष्ठ, रोशन राना मगर, छिरिङ गुरुङ, राजेश परियार जस्ता राष्ट्रियस्तरका युवा तथा अनुभवी खेलाडीहरु पनि छन् ।
स्मरण रहोस, नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोगमा बहुप्रतिक्षित नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)