News वार्ड नम्बर ९ लाई चौथो सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिताको उपाधि
गोलनेपाल

बिराटचोक । चौथो सुन्दरहरैचा मेयर कप अन्तर वार्ड फुटसल प्रतियोगिताको उपाधि वार्ड नम्बर ९ ले जित्न सफल भएको छ । बिराटचोक, मोरङ स्थित प्लानेट फुटसलमा भएको उपाधि भिडन्तमा वार्ड नम्बर ९ ले वार्ड नम्बर १० लाई हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

विजेता बनेको वार्ड नम्बर ९ ले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर १० ले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ वार्ड नम्बर ९ का अनिश खवास सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत नगद १५०० र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ९ कै रुबिन भुजेल घोषित भए । उदीयमान खेलाडी पनि वार्ड नम्बर ९ कै गगन कार्की घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०००–१००० हात पारे । त्यसैगरी वार्ड नम्बर ११ प्रतियोगिताको फेयर प्ले टिम बन्यो ।

Post Comments