News एपिएफलाई प्रथम अल्टिच्युड रनिङ कपको उपाधि
गोलनेपाल

बरमपुर । साँघुरो अन्तरको जितका साथ यहाँ सम्पन्न प्रथम अल्टिच्युड रनिङ कप नकआउट फुटबल प्रतियोगिताको उपाधि एपिएफ, पकली, सुनसरीले जितेको छ ।

फाइनलमा आयोजक अल्टिच्युड फुटबल क्लब, बरमपुर, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । एपिएफको जितमा बुद्धिमान राईले एक मात्र निर्णायक गोल गरे ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने अल्टिच्युडले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच अल्टिच्युडका प्रवेश बस्नेत घोषित भए । उनले त्यसवापत नगद २५०० र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक एपिएफका दिल कुमार लिम्बु चुनिए ।

उत्कृष्ट डिफेन्डर अल्टिच्युडका सन्दिप प्रधान बन्दा उत्कृष्ट मिडफिल्डर पनि अल्टिच्युड कै उमेश राई घोषित भए । उत्कृष्ट फरवार्डको पुरस्कार पनि अल्टिच्युड कै भुवन बस्नेतले हात पारे ।

उत्कृष्ट प्रशिक्षक एपिएफका गणेश लावती घोषित भए भने उदीमान खेलाडी अल्टिच्युडका योगेन कार्की चुनिए । सर्वाधिक गोलकर्ता भने एपिएफका बुद्धिमान राई बने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अल्टिच्युड कै असिम राई घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ सय र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरे ।

 

Post Comments