News स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कपको खेलतालिका सार्वजनिक
गोलनेपाल

हेटौडा । एफसी मुण्डियाल, हेटौडाको आयोजनामा आउँदो मंसिर ५ गतेदेखि शुरु हुन गईरहेको स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ५ गतेका दिन नागस्वती युथ क्लब, हेटौडा र नव जन जागृति युवा क्लब, सिमरा भिड्ने खेलतालिकामा उल्लेख छ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।

स्व. सुदर्शन घिमिरेको स्मृतिमा हेटौडा–५, पिप्ले निवासी सुष्मा घिमिरे र समस्त घिमिरे परिवारद्वारा प्रथम पुरस्कार प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

 

Post Comments