News इङल्याण्ड, ब्राजील, इरान, अर्जेन्टिना, सेनेगल र जापान नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा जारी फिफा यु–१७ विश्वकप अन्तर्गत समूह सी र डी बाट कुल ६ टोलीहरुले नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् ।

समूह सी तर्फको अन्तिम खेलमा साविक विजेता ब्राजीलले पूर्व विजेता इङल्याण्डलाई २–१ ले हरायो । सोही समूहको अर्को खेलमा इरानले न्यु क्यालीडोनियालाई शून्यका विरुद्ध ५ गोलले पराजित गर्यो ।

अन्तिम खेलको नतिजा पश्चात् ३ खेलबाट समान ६–६ अंक जोडेका इङल्याण्ड, ब्राजील र इरान क्रमशः समूह विजेता, उपविजेता तथा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । अंक विहीन न्यु क्यालिडोनिया भने पुछारमा रहेर बाहिरियो ।

त्यस्तै समूह डी तर्फको अन्तिम खेलहरुमा जापानले सेनेगललाई २–० ले हराउँदा सोही समूहको अर्को खेलमा अर्जेन्टिनाले पोल्याण्डमाथि ४–० को जित निकाल्यो ।

अन्तिम खेलहरुको नतिजा पश्चात् समूह डी मा पनि ३ खेलबाट समान ६–६ अंक जोडेका अर्जेन्टिना, सेनेगल र जापान क्रमशः समूह विजेता, उपविजेता तथा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । अंकविहीन पोल्याण्ड भने पुछारमा रहेर बाहिरियो ।

Post Comments