News फिफा यु–१७ विश्वकपः नकआउट समिकरण पूरा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा यु–१७ विश्वकपतर्फ शनिबार समूह ई बाट फ्रान्स, अमेरिका तथा समूह एफ बाट जर्मनी, मेक्सिको र भेनेजुएलाले नकआउट चरणमा स्थान बनाएपछि नकआउट चरणको समिकरण पनि पूरा भएको छ ।

नकआउट चरणका खेलहरु यही नोभेम्बर २० तारीख (सोमबार) देखि शुरु हुने छन् । जस अनुसार नोभेम्बर २० तारीखका दिन हुने दुई खेलहरुमा इक्वेडरले साविक विजेता ब्राजीलको सामना गर्दा सोही दिन स्पेनले जापानसँग खेल्नेछ ।

त्यस्तै नोभेम्मबर २१ तारीखका दिन कुल चार खेलहरु हुनेछन् । जस अनुसार मालीले मेक्सिकोसँग भिड्दा जर्मनीले अमेरिकाको सामना गर्नेछ । त्यस्तै अर्जेन्टिनाले भेनेजुएलासँग खेल्दा मोरक्कोले इरानको सामना गर्नेछ ।

त्यसैगरी नोभेम्बर २२ तारीखका दिन हुने अन्तिम दुई खेलहरुमा पूर्व विजेता इङल्याण्डले उज्वेकिस्तानको सामना गर्दा फ्रान्सले सेनेगलसँग खेल्नेछ ।

 

 

Post Comments