News नेपाल र यमन बीचको खेलमा दर्शकहरुलाई १५ निःशुल्क बस सेवा (बस रुटसहित)
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार बेलुका ७ बजेदेखि दशरथ रंगशालामा पहिलो घरेलु म्याचका रुपमा यमनको सामना गर्दैछ ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त खेल पश्चात दर्शकहरुलाई घर फर्कन १५ निःशुल्क बस सेवाहरु उपलब्ध गराउने भएको छ । यद्यपि निःशुल्क बस यात्राका लागि दर्शकहरुले खेल हेर्न खरिद गरेको टिकटको अर्धकट्टी अनिवार्य देखाउनु पर्ने एन्फाले जनाएको छ ।

नेपाल र यमन बीच हुने खेलको टिकट मुल्य सामान्यतर्फ ४०० र विशिष्टतर्फ १००० तोकिएको छ । साथै दर्शकहरुले टिकट दशरथ रंगशालामा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खरिद गर्न सकिने पनि एन्फाले जानकारी दियो ।

Post Comments