News साविक विजेता ब्राजील र स्पेन क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । प्रतियोगितामा सुस्त शुरुवात गरेको साविक विजेता ब्राजील र दावेदार मध्ये एक स्पेन जारी फिफा यु–१७ विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इण्डोनेसियन शहर सुराकर्ता स्थित मनहन स्टेडियममा भएको पहिलो प्रिक्वाटरफाइनलमा ब्राजीलले इक्वेडरलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

त्यस्तै सोही मैदानमा भएको दोस्रो प्रिक्वाटरफाइनलमा स्पेनले एसियन प्रतिद्वन्द्वी जापानलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

 

 

 

Post Comments