News माली, जर्मनी, अर्जेन्टिना र मोरक्को क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अफ्रिकी राष्ट्र मालीसँगै दावेदार जर्मनी, अर्जेन्टिना र मोरक्को पनि इण्डोनेसियामा जारी फिफा यु–१७ विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इण्डोनेसियन शहर सुराबया स्थित मनहान स्टेडियममा भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ मालीले मेक्सिकोलाई ५–० ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । सोही मैदानमा भएको चौथो प्रिक्वाटरफाइनलमा जर्मनीले अमेरिकालाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

त्यस्तै पाँचौं प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलाको चुनौति ५–० ले समाप्त पार्दै क्वाटरफाइनलमा प्रवेश गर्यो भने छैठौं प्रिक्वाटरफाइनलमा मोरक्कोले इरानलाई टाईब्रेकरमा ४–१ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल मोरक्कोर इरानले १–१ गोलको बराबरी खेलेका थिए ।

प्रतियोगिता अन्तरगत मंसिर ६ गते बुधबार सातौं र आठौं प्रिक्वाटरफाइनलमा क्रमशः इङल्याण्डले उज्वेकिस्तानको सामना गर्दैछ भने फ्रान्सले सेनेगलसँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments