बर्दगोरिया । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा कैलालीको बर्दगोरियामा प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० को आयोजना हुने भएको छ ।
पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगिताको विजेता टीमले नगद रु २ लाख १ ह्जार , ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु १ लाख ५ हजार तथा ट्रफी पाउनेछ ।
यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु २० हजार ,उत्कृष्ट गोलरक्षकले रु १५ हजार ,उत्कृष्ट गोलकर्ताले रु १५ हजार, उत्कृष्ट डिफेन्डरले रु १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछ्न ।
आयोजकका अनुसार यही मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएतापनी केही प्राबिधिक कारण प्रतियोगिता मंसिर १३ गते लाई सारिएको आयोजकले जानकारी दिएको छ । टीम दर्ताको लागि ६ हजार रुपैया शुल्क लाग्नेछ ।
प्रतियोगिताका लागि एक स्थानीय तह ९पालिका० बाट तीन टीमले भाग लिन पाउनेछ्न । प्रतियोगिताको उद्घाटन मङ्सिर १३ गते सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक