News तेह्रथुममा तेस्रो सनराईज कप मंसिर १५ गतेदेखि
गोलनेपाल

कोबेक । सनराईज युवा क्लब र म्याङलुङ नगरपालिका वार्ड नम्बर ८ को संयुक्त आयोजनामा यही मंसिर १५ गतेदेखि तेस्रो सनराईज कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कोबेक स्थित लामोटार खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ भने डिपोजिट वापत थप २ हजार बुझाउनु पर्ने क्लबका सचिव महेन्द्र लिम्बुले बताए । प्रतियोगितामा १६ टिमहरुलाई मात्र सहभागि गराईने पनि सचिव लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेता ६३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि १५–१५ हजार नगदसहित पुरस्कृत गरिने खेल संयोजक विश्वराज लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक लिम्बुले बताए । त्यसवाहेक प्रतियोगिताको सेमिफाइनल र फाइनलमा विविध मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने आयोजक क्लबका अध्यक्ष उत्तम लिम्बुले बताए ।

सोही अवसरमा आयोजक क्लब कै भवन प्राङ्गणमा ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिने अध्यक्ष महेन्द्र लिम्बुले जानकारी दिए । ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन १००० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । विजेताले १५ हजार हात पार्नेछ भने उपविजेताले ७ हजार प्राप्त गर्नेछ ।

*अन्य जानकारीका लागि सम्पर्क गर्न परेमाM क्लब अध्यक्ष :- ९८५२०६०६८८ (उत्तम लिम्बु) क्लब सचिव :- ९८५२०६०९३६ (महेन्द्र लिम्बु) खेल संयोजक:- ९८६९७५५४५७ (विश्वराज लिम्बु) आयोजक:- ९७४५२५४७८८ (हिम्हाङ्ग लिम्बु)

 

Post Comments