News प्रथम जिपान एफसी खुला फुटसल हुने
गोलनेपाल

काठमाडौं । गुरुङ्ग प्लेयर एसोसिएशन अफ नेपाल प्रा.लि. को आयोजनामा आउँदो पुष ११ र १२ गतेका दिन प्रथम जिपान एफसी खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

कपन स्थित ग्रीनविच फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै पुष ७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ४००० र डिपोजिट वापत १००० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ ।

दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments