News डिफेन्डिङ च्याम्पियन रेजर्सको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । तामझाम र भव्यताका साथ शुक्रबारदेखि शुरु बहुप्रतिक्षित फ्रेन्चाईज दोस्रो नेपाल सुपर (एनएसएल) मा साविक विजेता काठमाडौं रेजर्सले झिनो अन्तरको जितका साथ विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको उद्घाटन खेलमा रेजर्सले नव आगन्तुक टोली स्र्पोटिङ इलाम एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको शुरुवाततिरै रेजर्सले अग्रता बनाएको थियो । ५१औं मिनटमा बक्स भित्रबाट राजिव लोप्चनले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

यो जितसँगै काठमाडौं रेजर्सले शुरुवाती खेलमै महत्वपूर्ण तीन अंक पनि जोड्न सफल भएको छ । प्रतियोगिता अन्तर्गत मंसिर ९ गते शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् भने दोस्रो खेलमा पोखरा थन्डर्स र एफसी चितवन भिड्ने छन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोगमा शुरु सुपर लिग आउँदो पौष १४ गतेसम्म चल्नेछ ।

Post Comments