News
इम्बुङमा पञ्चमीको विजयी सुरुवात
इम्बुङ, (पाँचथर) । बराहक्षेत्र कार्तिके पूर्णिमा मेला २०८० को अवसरमा आयोजित पुरुष खुल्ला नकआउट फुटबलमा पञ्चमीको अभ्यास एन्ड अनुभवले विजयी सुरुवात गरेको छ ।
सत्यहाङ्मा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु फुटबल प्रतियोगितामा पञ्चमीले आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब (रातो) माथि २-० गोलअन्तरको जित दर्ता गरेको हो ।
आयोजकविरुद्ध पञ्चमीले खेल सुरु भएको ११ मिनेटभित्रै दुवै गोल गरेर अग्रता बनाएको थियो । पहिलो खेलको ४ मिनेटमै एन्सन राईले गोल गरेका थिए भने पाल्देन तामाङले ११औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए ।
भोलि तीन खेल सञ्चालन हुने छन् । १६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । विजेताले नगद १ लाख ५ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ६५ हजारमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश