News आत्मानन्द कप शुरु, माङ्सेबुङको विजयी शुरुवात
गोलनेपाल

माङ्सेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७०औँ जन्मोत्सवको अवसर पारी शुक्रबारदेखि शुरु आत्मानन्द कप खुला नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली माङ्सेबुङ गाउँपालिका, इलामले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा माङसेबुङले पाहुना टोली बि.वाई.सी. भुटानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । माङसेबुङ, इलाम स्थित आत्मानन्द खेलमैदानमा भएको खेलमा माङसेबुङका लागि ओसन राईले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता माङ्सेबुङका ओसन राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २५०० हात पारे । यो जितसँगै माङसेबुङ सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत मंसिर ९ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल तिजोक युवा क्लब, पाँचथर र धनकुटा जिल्ला फुटबल संघ, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।

आत्मा पवित्र हक्चात यक्चुम र महान सेवा समारोह, माङ्सेबुङ, इलामको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१७० रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१७० रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments