News
मिक्लाजुङ र एलवाईएफसीको जित

माङ्सेबुङ । यहाँ जारी प्रथम गजुरमुखी मेला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा मिक्लाजुङ एफसी र एलवाईएफसीले जित हात पारेका छन् ।
माङ्सेबुङ–१ स्थित गजुरीधाम खेलमैदानमा भएको दिनको पहिलो खेलमा मिक्लाजुङले फुङनाम स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
त्यस्तै दोस्रो खेलमा एलवाईएफसीले कोलबोटे एफसीलाई टाईब्रेकर मै २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
गजुरमुखी पर्यटन विकास समिति, माङसेबुङ–१, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments